images
images
  • एप्पलका सीईओ टिम कुकले दिए राजीनामा

    काठमाडौं- प्रविधि क्षेत्रको एक अग्रणी कम्पनी एप्पलका सीईओ टिम कुकले पद त्याग्ने निर्णय गरेका छन् ।

    ६५ वर्षीय कुकले सेप्टेम्बर १ मा सीईओको जिम्मेवारी जोन टर्नसलाई हस्तान्तरण गर्ने छन् ।

    त्यसपछि उनी एप्पलमा एक्जीक्युटिभ चेयरम्यान (कार्यकारी अध्यक्ष) का रूपमा रहने बताइएको छ ।

    औपचारिक रूपमा उनले पद छोडेपछि जोन टर्नसले एप्पलको नयाँ सीईओको रूपमा जिम्मेवारी सम्हाल्नेछन् ।

    जोन टर्नस विगत २५ वर्षदेखि एप्पलसँग आबद्ध छन् । उनी हाल एप्पलको हार्डवेयर इन्जिनियरिङ प्रमुख छन् ।

    एप्पलमा यो परिवर्तनलाई निकै महत्वपूर्ण मानिएको छ । पछिल्ला केही वर्षदेखि टिम कुकले सीईओ पद छोड्न सक्ने चर्चा चलिरहेको थियो ।

    कुकले सन् २०११ देखि कम्पनीको नेतृत्व गर्दै आएका थिए, जतिबेला स्टीव जब्सले स्वास्थ्य समस्याका कारण पद त्यागेका थिए ।

    स्टीव जब्सको स्थानमा नेतृत्व सम्हाल्दा कुकका सामु धेरै चुनौती थिए ।

    उनले एप्पललाई नयाँ उचाइमा पुर्‍याउँदै कम्पनीलाई सफलताको नयाँ अध्यायमा प्रवेश गराएको बताइन्छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images