काठमाडौं- उदयपुरको चौदण्डीगढी नगरपालिका-७, बेल्टार बजारस्थित पुष्पलाल चोकमा गएराति आगलागी हुँदा जलेर दुई जनाको मृत्यु भएको छ ।
आगलागीले दुई घर पूर्ण रूपमा जलेका छन् भने जलेको अवस्थामा दुई जनाको शवको कंकाल फेला परेको छ ।
इलाका प्रहरी कार्यालय बेल्टारका अनुसार घटनास्थलबाट दुई जनाको जलेको अवस्थामा कंकाल फेला परेको छ । शवको पहिचान खुल्न बाँकी छ । सनाखत नभएसम्म शव कसको हो भन्ने पुष्टि गर्न सकिने अवस्था छैन ।
प्रारम्भिक अनुसन्धान अनुसार विद्युत् सर्ट भएका कारण आगलागी भएको अनुमान गरिएको छ ।
आगलागीबाट स्थानीय लक्ष्मी खड्का र रविन कुमार दासको घर पूर्ण रूपमा जलेको प्रहरीले जनाएको छ ।
आगलागीबाट भएको क्षतिको विस्तृत विवरण संकलन भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्






















