images
images
  • रास्वपाले मन्त्री र सांसदबाट मात्रै उठाउनेछ वार्षिक ३ करोड ३३ हजार लेबी

    काठमाडौं- रास्वपाले मन्त्री, सांसद र स्वकीयले पार्टीलाई बुझाउनुपर्ने लेबी निर्धारण गरेको छ ।

    केन्द्रीय समितिको बैठकले सचिवालयबाट पारित निर्णयलाई संशोधन गरेर लेबी निर्धारण गरेको हो ।

    सोमबार पारित भएको पार्टी निर्णय अनुसार प्रत्येक सांसदले पार्टीका लागि प्रति महिना १५ हजार रुपैयाँ लेबी बुझाउनु पर्नेछ ।

    रास्वपामा मन्त्री भएका १६ जनालाई घटाउँदा १६६ सांसदले प्रतिमहिना लेबी १५ हजार रुपैयाँ पार्टीको खातामा जम्मा गर्नुपर्नेछ ।

    १६६ सांसदबाट प्रतिमहिना रास्वपाको खातामा २४ लाख ९० रुपैयाँ जम्मा हुने भएको छ ।

    सांसदहरूबाट मात्रै वार्षिक २ करोड ९८ लाख ८० हजार रुपैयाँ रास्वपाको खातामा जम्मा हुनेछ ।

    मन्त्रिपरिषदमा रहेका १६ जनाबाट रास्वपाले प्रतिमहिना १८ हजार लेबी संकलन गर्ने भएको छ ।

    सांसदलाई भन्दा मन्त्रीलाई ३ हजार रुपैयाँ बढी लेबी कायम गरिएको छ ।

    यसो हुँदा रास्वपाले मन्त्रीहरूबाट प्रतिमहिना २ लाख ८८ हजार रुपैयाँ रकम जम्मा गर्नेछ ।

    मन्त्रीहरूबाट वार्षिक ३४ लाख ५६ हजार रुपैयाँ रास्वपाको खातामा जम्मा हुनेछ ।

    जस अनुसार, सांसद र मन्त्रीको मात्रै लेबी रकम ३ करोड ३३ लाख ३६ हजार उठ्नेछ ।

    रास्वपाले मन्त्रीका स्वकीयहरूलाई पनि २ हजार लेबी तोकेको छ ।

    यद्यपि उनीहरूले कति जना स्वकीय राख्न पाउने र कति जनाबाट लेबी उठाउने भन्ने चाहिँ रास्वपाले प्रष्ट पारेको छैन ।

    उता, सांसदहरूले स्वकीय सचिव राख्न पाउने व्यवस्था पारित भए त्यहाँबाट पनि रास्वपालाई आम्दानी हुनेछ ।

    सबै सांसदले स्वकीय राखेको खण्डमा १८२ जनाले उक्त पदमा भूमिका पाउने छन् ।

    यदि रास्वपाका सबै सांसदले स्वकीय सचिव राखेको अवस्थामा रास्वपाले उनीहरूबाट प्रति महिना ३ लाख ६४ हजार रुपैयाँ लेबी उठ्नेछ ।

    हरेक वर्ष स्वकीय सचिवबाट रास्वपाको खातामा ४३ लाख ६८ हजाररुपैयाँ जम्मा हुनसक्छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images