काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तह निर्वाचनका लागि उम्मेदवार आह्वान गर्ने निर्णय गरेको छ ।
सोमबार केन्द्रीय कार्यालय वनस्थलीमा बसेको केन्द्रीय समिति बैठकले वैशाख २० गते आह्वान गरेको सहमहामन्त्री विपिन आचार्यले जानकारी दिए ।
रूपरेखा निर्माण गरी क्यान्डिडेट क्लब मार्फत उम्मेदवार आह्वान गर्ने संयोजनको जिम्मेवारी आचार्यलाई दिएको छ ।
‘स्थानीय तह निर्वाचनका लागि उम्मेदवार छनोटको रूपरेखा निर्माण गरी क्यान्डिडेट क्लब मार्फत उम्मेदवार आह्वान वैशाख २० गते गर्ने र सोको संयोजन गर्ने जिम्मा दिएको छ’, आचार्यले भने ।
प्रतिक्रिया दिनुहोस्






















