images
images
  • विमानस्थलको पार्किङ शुल्क संशोधन गर्न ५ सदस्यीय समिति गठन

    काठमाडौं- नेपालका विमानस्थलहरू (अन्तर्राष्ट्रियरआन्तरिक) मा सवारी साधन बिसान (पार्किङ) शुल्क अत्यधिक महँगो भएको गुनासो आएपछि सरकारले संशोधनको तयारी थालेको छ ।

    संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका अनुसार शुल्क तीन दिन भित्र संशोधन गर्न नेपाल नागरिक उड्डयन प्राधिकरणका निमित्त उपमहानिर्देशक विनोद प्रसाद न्यौपानेको संयोजकत्वमा ५ सदस्यीय समिति गठन भएको छ ।

    विमानस्थल प्रयोगकर्ता, यात्रु तथा हवाई सेवा कम्पनीका कर्मचारीले विमानस्थलहरूमा अत्यधिक पार्किङ शुल्क असुल गर्ने गरेको गुनासो गरेसँगै सरकारले पुनरावलोकनको तयारी गरेको हो ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images