images
images
  • बालेनको मान्छे हुँ भन्दै राष्ट्रिय परिचयपत्र छाप्ने मेसिन नै लिएर हिँडेपछि…

    काठमाडौं– एक साताअघि मुख्य प्रशासनिक केन्द्र सिंहदरबारस्थित राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागमा एक व्यक्ति प्रवेश गरे । उनले आफूलाई प्रधानमन्त्री कार्यालयबाट पठाएर आएको भनेपछि फटाफट संवेदनशील कोठामा छिर्न कसैले रोकतोक गर्न सकेन ।

    विभागले राष्ट्रिय परिचयपत्र ९एनआईडी० छाप्छ । हाल राहदानी बनाउन होस् वा बैंक खाता खोल्न, एनआईडी अनिवार्य गरिएको छ । विभागका दुई थान कार्ड छाप्ने मेसिन छन् । तीमध्ये एउटा मेसिन बिग्रिएको केही समय भएको थियो । सोही मेसिन लिन आरपी महतो नाम गरेका युवा प्रधानमन्त्री कार्यालयको आदेश भन्दै विभागको संवेदनशील कोठामा छिरेका थिए ।

    विभाग स्रोतका अनुसार बिग्रिएको मेसिन बनाउन खरिद ऐनअनुसार बोलपत्र आह्वान गर्नुपर्छ । यत्तिकै बनाए गैरकानुनी हुने भएकाले कार्यालय प्रक्रियामै रहँदा ती युवक विभागमा प्रवेश गरेर मेसिन बनाउने भन्दै लैजान खोज्छन् । विभागका कर्मचारीका अनुसार उनलाई महानिर्देशक नमराज घिमिरेले रोक्छन् ।

    मेसिन लिन पठाएको पत्र पाएपछि मात्रै दिने भनेपछि उनले आफू राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० सांसद अरविन्द्र सिंहको नाम लिएरै लैजाने अडान लिएको ती कर्मचारीले जानकारी दिए ।

    घिमिरेले कागज गरेर मात्रै लग्न भनेपछि महतो तयार भए र कागजमा हस्ताक्षर गरेपछि उक्त मेसिन लिएर हिँडेका थिए । उनले आफ्नो कम्पनी ‘साउथर्न एसिया बिजनेस हाउस’ रहेको बताएका थिए । तर, विभागका कर्मचारीले पछि बुझ्दै जाँदा उक्त कम्पनी बिग्रिएको फोटोकपी मेसिन बनाउने कम्पनी रहेको बताए ।

    नागरिकका अत्यन्तै संवेदनशील तथ्यांक राखेर एनआईडी छाप्ने मेसिन महतोले २ दिनपछि बनाउन सकिएन भन्दै फिर्ता ल्याएपछि छक्क परेको विभागका कर्मचारीले बताए । ‘सिधै प्रधानमन्त्रीको मान्छे भन्दै धम्क्याएर गोप्य विवरण छाप्ने मेसिन लिएर हिँडे । हामी र डीजी सर सबै आश्चर्यमा परेका छौँ । अब बोलपत्र खोल्ने कि नखोल्ने हाकिमसाुब दोधारमा हुनुहुन्छ ।’

    यसबारेमा थप प्रतिक्रिया लिन खोज्दा विभागका महानिर्देशक घिमिरेको फोनमा सम्पर्क हुन सकेन ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images