images
images
  • रास्वपा केन्द्रीय समिति बैठक जारी : बालेन अनुपस्थित, गृहमन्त्रीबारे निर्णायक छलफल होला ?

    काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति बैठक सोमबार दिउँसो वनस्थलीस्थित केन्द्रीय कार्यालयमा सुरु भएको छ ।

    सचिवालय बैठकले अनुमोदन गरेको ९ बुँदे एजेन्डामाथि छलफल गर्न बैठक आह्वान गरिएको हो ।

    बैठकको मुख्य केन्द्रबिन्दु केन्द्रीय पदाधिकारीहरूको मनोनयन, महाधिवेशन कार्यविधिको मस्यौदा र पार्टी विधान संशोधन रहने सह–महामन्त्री विपिन कुमार आचार्यले जानकारी दिए ।

    यद्यपि, गृहमन्त्री सुधन गुरुङको व्यापारी दीपक भट्टसँगको कथित सेयर लगानीबारे उठेका प्रश्नका कारण उक्त विषय पनि बैठकमा छलफलमा पर्ने उनले बताए ।

    बैठक साङ्गठनिक सुदृढीकरण, महाधिवेशन तयारी र नीतिगत सुधारमा केन्द्रित रहनेछ ।

    यसअघि सचिवालयले जिल्ला अधिवेशन मिति तोक्ने, समानुपातिक सांसदको जिम्मेवारी बाँडफाँट गर्ने तथा प्रवास विभाग प्रमुखमा दीपक बोहरालाई नियुक्त गर्ने निर्णय गरेको थियो ।

    यद्यपि प्रधानमन्त्री एवं पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह ‘बालेन’ उपस्थित छैनन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images