काठमाडौं– त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको दैनिक सञ्चालन समय पुनः कटौती गरिएको छ ।
सोमबार (वैशाख ७) देखि जेठ ४ गतेसम्म लागू हुने गरी विमानस्थल अतिरिक्त १ घण्टा ४५ मिनेट बन्द रहने निर्णय गरिएको हो ।
नेपाल नागरिक उड्ड्यन प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलका अनुसार अब उक्त अवधिमा विमानस्थल प्रत्येक राति ११ः४५ बजेबाट भोलिपल्ट बिहान ६ः३० बजेसम्म पूर्ण रूपमा बन्द रहनेछ ।
यसअघि भने राति १ बजेदेखि बिहान ६ बजेसम्म मात्र बन्द गरिँदै आएको थियो ।
उनका अनुसार वैशाख ७ देखि लागू हुने यो नयाँ समय तालिका २७ दिनसम्म कायम रहनेछ, जसअनुसार विमानस्थल दैनिक ६ घण्टा ४५ मिनेट सञ्चालनमा रहने छैन ।
विमानस्थलको दक्षिणतर्फ रहेको ट्याक्सी वे तथा ह्यांगर क्षेत्र विस्तार र स्तरोन्नति कार्यलाई तीव्रता दिन बन्द समय बढाइएको प्राधिकरणले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्






















