images
images
  • यस्तो छ दीपक भट्टसँगको साझेदारीबारे गृहमन्त्रीको स्पष्टीकरण

    काठमाडौं– विवादित व्यक्ति दीपक भट्टसँगको साझेदारीबारे उठेको आलोचनापछि गृहमन्त्री सुधन गुरुङले स्पष्टिकरण दिएका छन् ।

    सामाजिक सञ्जालमार्फत लामो प्रतिक्रिया दिँदै उनले एउटै कम्पनीमा शेयर किन्नु सबै शेयरधनीसँग साझेदारी गर्नु नभएको तर्क गरेका छन् ।

    “एउटै कम्पनीमा सयौँ–हजारौँ लगानीकर्ता हुन्छन्, त्यसैले शेयर होल्डर हुनु मात्रका आधारमा कसैलाई दोषी ठहर गर्न मिल्दैन,” उनले उल्लेख गरेका छन् ।

    साथै, सो कम्पनीमा मिडिया हाउसदेखि बैंकसम्मको लगानी रहेको भन्दै उनले सबैलाई एउटै रूपमा आरोप लगाउनु न्यायोचित नहुने बताएका छन् ।

    सम्पत्ति विवरणमा शेयर नदेखाएको भन्ने आलोचनाबारे उनले प्रत्यक्ष टिप्पणी नगरे पनि सम्पत्ति शुद्धिकरण विभागले अनुसन्धान गरिरहेको र त्यसमा गृह मन्त्रालयको कुनै प्रभाव नपर्ने दाबी गरेका छन् ।

    “छानबिन गर्ने निकाय अर्थ मन्त्रालयअन्तर्गतको विभाग हो, प्रक्रिया स्वतन्त्र रूपमा अघि बढिरहेको छ,” उनले स्पष्ट पारे ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images