images
images
  • गृहमन्त्रीको राजीनामा माग, तुरुन्त छानबिन प्रक्रिया सुरु गरियोस्– कांग्रेस (विज्ञप्तिसहित)

    काठमाडौं– नेपाली कांग्रेसले गृहमन्त्रीसँग सम्बन्धित पछिल्लो विवादबारे स्वतन्त्र र निष्पक्ष छानबिनको माग गरेको छ ।

    पार्टी प्रवक्ता देवराज चालीसेद्वारा जारी विज्ञप्तिमा मन्त्रीहरूको सम्पत्तिको स्रोतबारे उठेका प्रश्नलाई गम्भीरतापूर्वक लिनुपर्ने उल्लेख गरिएको छ ।

    कांग्रेसले अनुसन्धानलाई प्रभावमुक्त बनाउन सम्बन्धित मन्त्री पदमा रहँदै गर्दा निष्पक्ष छानबिन सम्भव नहुने आशंका रहेको भन्दै उच्चस्तरीय छानबिन प्रक्रिया तुरुन्त सुरु गर्न सरकारलाई आग्रह गरेको छ ।

    पार्टीले पारदर्शिता, जवाफदेहिता र सुशासन आफ्नो प्रमुख अडान भएको दोहो¥याउँदै कुनै पनि ढिलासुस्ती वा ढाकछोप प्रयासले जनविश्वासमा असर पार्ने चेतावनी दिएको छ ।

    विज्ञप्ति :

    dev 1 2tBK5aR8QO

    प्रतिक्रिया दिनुहोस्
    images
    images