काठमाडौं– श्रम अदालतले गोर्खा मिडिया नेटवर्क प्रालिका तत्कालीन अध्यक्ष जीबी राईसहित सञ्चालकहरूलाई श्रमजीवी पत्रकारको बक्यौता पारिश्रमिक तिर्न आदेश दिएको छ ।
ग्यालेक्सी फोरके टेलिभिजनका ९४ पत्रकारले लामो समयदेखि नपाएको तलब र सेवासुविधा दिलाउन माग गर्दै श्रम कार्यालय हुँदै अदालत पुगेका थिए ।
अदालतले श्रम कार्यालयको निर्णय सदर गर्दै बक्यौता असुल गर्न आदेश दिएको हो ।
पत्रकारहरूले २०८० जेठदेखि टेलिभिजन बन्द हुने अवधिसम्मको पारिश्रमिक, सेवा सुविधा, उपचार खर्च र सामाजिक सुरक्षा कोषको रकम पाउनुपर्ने दाबी गरेका थिए ।
सञ्चालकमध्ये जीबी राई हाल सहकारी ठगी प्रकरणमा फरार छन् भने कुमार रम्तेललगायतका नाममा पनि आदेश जारी भएको छ ।
पत्रकारहरूले आफ्नो बक्यौता र हर्जाना समेत असुल गर्न माग गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्






















