काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्र गृहमन्त्री सुधन गुरुङमाथि कारबाही गर्ने विषयमा आन्तरिक छलफल सुरु भएको छ ।
पार्टी स्रोतका अनुसार विवादास्पद व्यापारी दीपक भट्टसँगको सम्बन्ध र व्यवसायिक साझेदारीबारे आएका आरोपपछि अनुशासन आयोग र नेतृत्वबीच प्रारम्भिक छलफल भएको हो ।
महामन्त्री कवीन्द्र बुर्लाकोटी र अनुशासन आयोगका कार्यवाहक प्रमुख रमाकान्त रिमालबीच सोमबार बिहान छलफल भएको र सो विषयमा दिउँसो बस्ने केन्द्रीय समिति बैठकले आवश्यक निर्णय लिने तयारी भएको बताइएको छ ।
गुरुङमाथि सम्पत्ति शुद्धीकरण अनुसन्धानमा रहेका व्यापारी दीपक भट्ट तथा शंकर ग्रुपसँगको व्यावसायिक सम्बन्धबारे प्रश्न उठेपछि पार्टीभित्र दबाब बढेको छ ।
पार्टीले आवश्यक परे छानबिन अघि बढाउने र दोषी प्रमाणित भए कारबाही गर्ने संकेत गरेको छ ।
यसअघि पनि पदीय दुरुपयोगको आरोप लागेका एक मन्त्रीमाथि अनुशासन समितिको सिफारिसपछि प्रधानमन्त्री बालेन शाहले पदमुक्त गरेका थिए ।






















