images
images
  • सुन–चाँदीको मूल्य घट्यो (मूल्यसहित)

    काठमाडौं– सोमबार सुन–चाँदीको भाउ घटेको छ ।

    सुनको भाउ प्रतितोला १ हजार ३ सय रुपैयाँ र चाँदी ३५ रुपैयाँ घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

    यस दिनका लागि महासंघले सुनको भाउ प्रतितोला २ लाख ९९ हजार ७ सय रुपैयाँ तोकेको छ ।

    अघिल्लो दिन ३ लाख १ हजार रुपैयाँमा कारोबार भएको थियो ।

    गत सोमबार सुनको भाउ प्रतितोला २ लाख ९६ हजार ७ सय रुपैयाँ थियो ।

    त्यस्तै आज चाँदीको भाउ प्रतितोला ३५ रुपैयाँ घटेसँगै ५ हजार १९० रुपैयाँमा कायम भएको छ ।

    अघिल्लो दिन ५ हजार २२५ रुपैयाँ थियो ।

    गत सोमबार चाँदी ४ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images