images
images
  • तत्कालीन विकास आयुक्त भाइकाजी तिवारीविरुद्ध गैरकानुनी सम्पत्ति आर्जनसम्बन्धी भ्रष्टाचार मुद्दा

    काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काठमाडौं उपत्यका विकास प्राधिकरणका तत्कालीन विकास आयुक्त भाइकाजी तिवारीविरुद्ध गैरकानुनी सम्पत्ति आर्जनसम्बन्धी भ्रष्टाचार मुद्दा दायर गर्दै १० करोडभन्दा बढी बिगो दाबी गरेको छ ।

    आयोगले विशेष अदालत काठमाडौंमा दायर गरेको मुद्दामा तिवारीविरुद्ध १० करोड ५४ लाख ९५ हजार रुपैयाँ बराबरको स्रोत नखुलेको सम्पत्ति देखिएको जनाएको छ ।

    अनुसन्धानअनुसार उनको वैधानिक आम्दानी करिब १४ करोड ५१ लाख रहे पनि कुल आम्दानी २५ करोडभन्दा बढी देखिँदा करिब १० करोड रुपैयाँको स्रोत पुष्टि हुन सकेको छैन ।

    यसैबीच आयोगले तिवारी र तत्कालीन शाखा अधिकृत यामकुमार कार्कीविरुद्ध सरकारी लिखत र छाप दुरुपयोग गरेको आरोपमा अर्को भ्रष्टाचार मुद्दा पनि दायर गरेको छ ।

    दुवै मुद्दामा भ्रष्टाचार निवारण ऐनअनुसार कारबाही माग गरिएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images