images
images
  • पूर्णबहादुरले पार्टी फुटाउने धम्की दिएपछि गगनले फिर्ता लिए कारबाहीको डण्डा

    काठमाडौं– पूर्णबहादुर खड्काविरुद्ध सोधिएको स्पष्टीकरण नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिले फिर्ता लिने भएको छ ।

    सानेपामा सोमबार दिउँसो बस्ने समितिको बैठकले खड्कासँग माग गरिएको सात दिने स्पष्टीकरण खारेज गर्ने तयारी गरेको हो ।

    यसअघि २ चैतमा बसेको बैठकले उनीसँग स्पष्टीकरण माग्ने निर्णय गरेको थियो ।

    अदालतले विशेष महाधिवेशनबाट चयन भएको नेतृत्वलाई वैधता प्रदान गरेपछि सो स्पष्टीकरणको औचित्य समाप्त भएको निष्कर्ष समितिले निकालेको जनाइएको छ ।

    यद्यपि, खड्काले अनुशासन समितिको निर्णयलाई सुरुदेखि नै अस्वीकार गर्दै त्यसलाई ‘अवैधानिक’ करार दिएका थिए ।

    उनले अवैधानिक महाधिवेशन र त्यसबाट बनेका संरचनाले लिएको निर्णय निरर्थक, हास्यास्पद र अर्थहीन भएको प्रतिक्रिया दिएका थिए ।

    त्यसलगतै बसेको शेरबहादुर देउवा र पूर्णबहादुर खड्काको समूहले सभापति गगन थापा पक्षलाई पार्टी विभाजनको धम्की दिएका थिए ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images