images
images
  • घाँस-दाउरा गर्न गएका दम्पतीमाथि गैँडाको आक्रमण

    काठमाडौं- चितवनको भरतपुर महानगरपालिका-२८ मा गैँडाको आक्रमणबाट एकै परिवारका दुई जना गम्भीर घाइते भएका छन्।

    आइबार बिहान करिब साढे ६ बजे बर्दाहा मध्यवर्ती सामुदायिक वनमा घाँस-दाउरा गर्न गएका दम्पतीलाई गैँडाले आक्रमण गरेको हो।

    घाइते हुनेहरूमा ४३ वर्षीय युवराज महतो र उनकी ३६ वर्षीया श्रीमती रिकुमाया महतो रहेका छन्।

    वनमा काम गरिरहेको अवस्थामा अचानक निस्किएको गैँडाले उनीहरूलाई आक्रमण गरेको थियो।

    घटनालगत्तै उनीहरूलाई उद्धार गरी उपचारका लागि बिहान पौने ९ बजे भरतपुरस्थित सरकारी अस्पताल ल्याइएको छ।

    अस्पतालका अनुसार युवराज महतोको अवस्था निकै गम्भीर छ।

    उनको अनुहार, पेट, छाती र खुट्टामा गहिरो चोट लागेको छ।

    उनकी श्रीमती रिकुमायाको भने बायाँ हातको पाखुरामा चोट लागेको र अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ।

    घटनाको जानकारी प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय दिव्यनगरबाट प्रहरी नायब निरीक्षक नवराज जोशीको नेतृत्वमा टोली घटनास्थलतर्फ परिचालन गरिएको थियो।

    घटनास्थल दिव्यनगर प्रहरी कार्यालयबाट करिब ८ किलोमिटर पश्चिममा पर्दछ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images