images
images
  • सरकारी कर्मचारीलाई १५ दिनमै तलब !

    काठमाडौं- सरकारले राष्ट्रसेवक कर्मचारीहरूलाई १५/१५ दिनमा तलबभत्ता उपलब्ध गराउने तयारी गरेको छ ।

    अर्थ मन्त्रालयले गत शुक्रबार मन्त्रीस्तरीय निर्णय गरी महालेखा नियन्त्रक कार्यालयलाई आवश्यक व्यवस्था मिलाउन भनिसकेको छ ।

    मन्त्रालयका अनुसार, समयमै कर्मचारीको हातमा पैसा जाओस् र अर्थतन्त्र चलायमान होस् भन्ने उद्देश्यले यो निर्णय भएको हो ।

    talab 1

    प्रतिक्रिया दिनुहोस्
    images
    images