images
images
  • रास्वपा केन्द्रीय समिति बैठक बस्दै, ९ एजेन्डा तय

    काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठक सोमबार दिउँसो ३ बजे बस्दै छ ।

    पार्टी केन्द्रीय कार्यालयमा बस्ने बैठकका लागि ९ वटा एजेन्डा तय गरिएको प्रवक्ता मनिष झाले जानकारी दिए ।

    झाका अनुसार बैठक विशेषगरी साङ्गठनिक सुदृढीकरण, आगामी महाधिवेशनको तयारी र नीतिगत सुधारमा केन्द्रित हुनेछ ।

    प्रवक्ता झाले बैठकको सुरुमा पार्टीका हालसम्मका गतिविधिहरूको ब्रिफिङ गरिने र त्यसपछि २० जना केन्द्रीय सदस्यहरूलाई जनस्तरको रिपोर्टिङका लागि जनही २ मिनेटको समय उपलब्ध गराइने जानकारी दिए ।

    यस्ता छन् ९ एजेन्डा 

    १. पार्टी गतिविधि ब्रिफिङ ।

    २. केन्द्रीय सदस्यहरूको रिपोर्टिङ । (२० जना २ मिनेटका दरमा)

    ३. केन्द्रीय समिति पदाधिकारी मनोनयन सम्बन्धमा ।

    ४. महाधिवेशन कार्यविधि मस्यौदा सम्बन्धमा ।

    ५. विधान संशोधन सम्बन्धमा ।

    ६. स्थानीय तह उम्मेदवार क्लब गठन र आवेदन आव्हान सम्बन्धमा ।

    ७. प्रवासमा रहेका नेपालीहरूलाई प्रवासबाटै मताधिकार दिने सम्बन्धमा ।

    ८. सचिवालयका निर्णय अनुमोदन सम्बन्धमा ।

    ९. विविध:

    क. विभिन्न आयोग, निकाय, पदाधिकारीबाट प्राप्त पत्राचार सम्बन्धमा ।

    ख. विषयगत विभागको योजना तयारी र नीति मन्थन सम्बन्धमा निर्देशन ।

    ग. संसदीय दलको विधान संशोधन सम्बन्धमा ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images