काठमाडौं- इरानका सेना प्रमुख अमिर हातेमीले देशको सेनाका हरेक सिपाही अन्तिम साससम्म लड्न तयार रहेको प्रतिक्रिया दिएका छन् ।
उनले इरानी सेनाले स्वतन्त्रता, क्षेत्रीय अखण्डता र सुरक्षाका लागि स्थल, हवाई र समुद्री तीनै मोर्चा तयार गरिरहेको र लगातार सैन्य शक्ति विस्तार गरिरहेको जनाएका छन् ।
अल जजिराका अनुसार हातेमीले इरानी सैनिक बलिदान भावले प्रेरित भएको भन्दै आफ्नो मिसनप्रति पूर्ण प्रतिबद्ध भएको जनाएका छन् ।
इरानी एक सैन्य अधिकारीले अमेरिका र इजरायली हमलापछि देशले मिसाइल र ड्रोन लन्चर पहिलेभन्दा तीव्र गतिमा तयार गरिरहेको समेत बताएका छन् ।
इरानको इस्लामिक सेना आईआरजीसीका एयरोस्पेस फोर्स कमाण्डर माजिद मौसवीले युद्धविरामका क्रममा पनि तयारीको गति युद्धभन्दा पहिलेको तुलनामा अझै बढेको बताएका छन् ।
प्रतिक्रिया दिनुहोस्


विश्व खबर 




















