images
images
  • रास्वपामा रवि-बालेनको मनपरि : आफ्ना एसम्यानलाई पदीय लाभैलाभ, अन्यलाई बेवास्ता

    काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्र मन्त्री, संसदीय समिति सभापति र अन्य पदहरूमा नाम छनोट गर्ने प्रक्रियाप्रति नेताहरू असन्तुष्ट देखिएका छन्।

    नेताहरूको आरोप छ कि सभापति रवि लामिछाने र वरिष्ठ नेता तथा प्रधानमन्त्री बालेन शाहले पार्टीभित्र छलफल नगरी एकल रूपमा निर्णय गरेका छन्। यसले पार्टीमा लोकतान्त्रिक प्रक्रिया कमजोर भएको भन्दै आलोचना बढेको छ।

    कतिपय सांसदले भने आकांक्षी धेरै हुँदा पनि योग्यताको आधारमा छनोट नभएको गुनासो गरेका छन्। विशेषगरी अनुभवी सांसदहरूलाई अवसर नदिइएको र निर्णय प्रक्रिया अचानक भएको भन्दै असन्तुष्टि व्यक्त गरिएको छ।

    तर पार्टी प्रवक्ता मनिष झा भने संसदीय दलले नै निर्णय अधिकार दिएकोले प्रक्रियामा त्रुटि नभएको दाबी गर्छन् र असन्तुष्टिलाई सामान्य राजनीतिक अवस्था भन्छन्।

    प्रतिक्रिया दिनुहोस्
    images
    images