images
images
  • बासमति चामलमा खानै नमिल्ने विसादी, अन्यमा ११ थरी मिश्रित

    काठमाडौं- काठमाडौं उपत्यकामा बिक्री हुने चामलमा ११ प्रकारका विषादीको अवशेष भेटिएको अध्ययनले देखाएको छ। नमुनाको ८३ प्रतिशत चामल विषादीयुक्त रहेको र ८० प्रतिशतमा दुई वा बढी प्रकारका विषादी पाइएको उल्लेख छ।

    विशेष गरी बासमती चामलमा गैरबासमतीभन्दा करिब दोब्बर विषादी भेटिएको छ। ट्राइसाइक्लाजोल, थाइमिथोक्जाम र टेबुकोनाजोल जस्ता विषादी युरोपेली मापदण्डभन्दा बढी मात्रामा पाइएको पनि प्रतिवेदनले जनाएको छ।

    अनुसन्धानकर्ताहरूले दीर्घकालीन रूपमा यस्तो विषादी सेवनले क्यान्सर लगायत गम्भीर स्वास्थ्य जोखिम बढ्न सक्ने चेतावनी दिएका छन्। उनीहरूले कडा नियमन, नियमित परीक्षण र आधुनिक प्रयोगशाला प्रविधि आवश्यक रहेको सुझाव दिएका छन्।

    प्रतिक्रिया दिनुहोस्
    images
    images