काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रत्यक्ष निर्वाचित सांसद नजितेका ४० निर्वाचन क्षेत्रमा समानुपातिक सांसदहरू खटाउने निर्णय गरेको छ।
आइतबार बसेको सचिवालय बैठकले यस्तो निर्णय गरेको हो। ती सांसदहरूको जिल्ला तथा निर्वाचन क्षेत्रगत जिम्मेवारीको सूची सोमबार बस्ने केन्द्रीय समितिबाट अन्तिम रूपमा पारित गरिनेछ।
निर्वाचन परिणामअनुसार रास्वपाले प्रतिनिधिसभामा कुल १८२ सिट प्राप्त गरेको थियो। जसमा प्रत्यक्षतर्फ १२५ सिट र समानुपातिकतर्फ ५७ सिट प्राप्त भएका थिए।
पार्टीले अब संगठनात्मक पहुँच विस्तार र जनसम्पर्क सुदृढ गर्न समानुपातिक सांसदलाई पनि प्रत्यक्ष क्षेत्रीय जिम्मेवारीमा परिचालन गर्ने रणनीति लिएको देखिन्छ।
प्रतिक्रिया दिनुहोस्






















