काठमाडौं- नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला समूहले सर्वोच्च अदालतको विशेष महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिलाई मान्यता दिने निर्णय स्वीकार गर्दै पार्टी सुदृढीकरण र एकता कायम गर्नुपर्ने निष्कर्ष निकालेको छ।
आइतबार विशालनगरमा बसेको बैठकमा सहभागी नेताहरूले पार्टीभित्रको एकता र संगठन मजबुत बनाउने जिम्मेवारी सबैको भए पनि मुख्य जिम्मेवारी सभापति र केन्द्रीय कार्यसमितिको रहेको बताएका छन्।
कोइराला समूहले सर्वोच्च अदालतप्रति विश्वास र सम्मान व्यक्त गर्दै अहिलेको चुनौतीपूर्ण अवस्थामा सबै नेताहरूलाई जिम्मेवार बन्न आग्रह गरेको छ। बैठकमा पूर्व उपसभापति, पूर्व महामन्त्री लगायत नेताहरू सहभागी थिए।
यसैबीच, सर्वोच्चको फैसलापछि कोइराला समूह देउवा पक्ष र खड्का पक्षका बैठक तथा छलफलमा सहभागी हुन छाडेको छ, जसले कांग्रेसभित्रको आन्तरिक दूरी अझै कायम रहेको देखाउँछ।






















