images
images
  • काठमाडौं उपत्यका नछाड्न कांग्रेस सांसदहरूलाई एसएमएस

    काठमाडौ- नेपाली कांग्रेसभित्र संसदीय दलको नेता चयन प्रक्रिया औपचारिक रूपमा अगाडि बढाइएको छ।

    नेपाली कांग्रेसले वैशाख ८ गते संसदीय दलको नेता चयन गर्ने गरी निर्वाचन कार्यतालिका सार्वजनिक गरेको हो।

    दलको कार्यालयका अनुसार उक्त निर्वाचनमा सहभागी हुन उपत्यका बाहिर रहेका सांसदहरूलाई वैशाख ७ गतेभित्र काठमाडौँ आइपुग्न एसएमएसमार्फत जानकारी गराइएको छ।

    साथै, काठमाडौँ उपत्यकाभित्र रहेका सांसदहरूलाई बाहिर नजान पनि निर्देशन दिइएको छ।

    सांसद गीता गुरुङले दिएको जानकारी अनुसार सबै सांसदहरूको उपस्थितिमा निर्वाचन सम्पन्न गर्ने तयारी गरिएको छ, त्यसैले उपस्थिति अनिवार्यजस्तै बनाइएको छ।

    फागुन २१ मा सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा ३८ सिटमा सीमित भएको कांग्रेसले अझैसम्म संसदीय दलको नेता चयन गर्न सकेको थिएन।

    यसबीच पूर्व सहमहामन्त्री भीष्मराज आङदेम्बेलाई सर्वसम्मत रूपमा नेता बनाउने आन्तरिक तयारीसमेत भइरहेको बताइएको छ।

    यस प्रक्रियाले कांग्रेसभित्रको शक्ति सन्तुलन र आगामी राजनीतिक रणनीतिमा महत्वपूर्ण प्रभाव पार्ने अपेक्षा गरिएको छ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images