images
images
  • देउवा पक्षका नेताहरूको छुट्टै भेला : यी नेताले गरे नयाँ पार्टी गठनको माग

    काठमाडौं- नेपाली कांग्रेसका नेता शेरबहादुर देउवा र पूर्णबहादुर खड्का पक्षको छलफलमा केही नेताहरूले असन्तुष्टि व्यक्त गर्दै छुट्टै पार्टी गठन गर्ने प्रस्ताव समेत उठाएका छन्।

    छलफलका क्रममा वीरबहादुर बलायर, कुन्दनराज काफ्ले, शिवप्रसाद हुमागाईं र गुरु बराल लगायतले पार्टीभित्र सम्मान र अवसर नपाए छुट्टै बाटो रोज्नुपर्ने धारणा राखे।

    तर काफ्लेले तत्काल पार्टी फुटाउने निर्णय नभएको स्पष्ट पार्दै पार्टीलाई समावेशी, पारदर्शी र बलियो बनाउनेतर्फ ध्यान दिनुपर्ने बताएका छन्।

    साथै नेतृत्व पक्षले भने एकता कायम राख्दै आगामी महाधिवेशनमार्फत पार्टी सुदृढ गर्ने प्रयास भइरहेको जनाएको छ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images