images
images
  • कांग्रेस संसदीय दलको निर्वाचन मंगलबार

    काठमाडौं- नेपाली कांग्रेसको संसदीय दलको नेता छान्न वैशाख ८ गते मंगलबार निर्वाचन हुने भएको छ ।

    सिंहदरबारस्थित कांग्रेस संसदीय दलको कार्यालयले मंगलबार दलको नेताको निर्वाचन हुने कार्यक्रम तय भएको भन्दै उपत्यका बाहिर रहेको भए सोमबारसम्म काठमाडौँ आइपुग्न मोबाइलमा एसएमएस पठाएको छ ।

    उपत्यकामा भएका सांसदहरूलाई बाहिर नजान पनि एसएमएसमा आग्रह गरिएको छ ।

    ‘नेका संसदीय दलको निर्वाचन वैशाख ८ गते हुने हुँदा काठमाडौं उपत्यका बाहिर रहनुभएका माननीय ७ गतेभित्र आउनुहुन र उपत्यकामा हुन भएका माननीय बाहिर नजानु हुन जानकारी गराइन्छ,’ दलले सांसदहरूलाई पठाएको सूचनामा उल्लेख छ ।

    कांग्रेसका प्रतिनिधि सभामा ३८ सांसद छन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images