images
images
  • हर्क साम्पाङलाई पछ्याउँदै डोनाल्ड ट्रम्प, गरे एक घण्टाभित्र ३७ वटा ट्रुथमा पोस्ट

    काठमाडौं- नेपाली नेताहरूमध्ये सामाजिक सञ्जालमा सबैभन्दा धेरै पोस्ट गर्नेमा चिनिन्छन् श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ।

    तर केही दिनयता उनको हातमा करिब १४ लाख फलोअर भएको फेसबुक पेज नै छैन।

    अत्यधिक रिपोर्ट परेपछि उनको फेसबुक पेज नै अहिले गायब भएको छ।

    आइटी विज्ञहरूका अनुसार उनको आइडी अत्यधिक रिपोर्टका कारण निमल्बनमा परेको हो । उक्त आइडी अब तत्कालै फर्किने नफर्किने टुंगो छैन ।

    हर्कले धरानको मेयर हुँदा एक घण्टामा ५० वटा फेसबुक पोस्ट गरेका थिए ।

    अहिले ठ्याक्कै उनै हर्कजस्तै शैलीलाई पछ्याएका छन् अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ।

    इरानविरुद्धको युद्धमा ५६ प्रतिशत अमेरिकीले ट्रम्प असफल भएको निष्कर्ष निकालिरहँदा उनी सामाजिक सञ्जालमा अत्यधिक सक्रिय भएका छन् ।

    ट्रम्पले आफ्नै सामाजिक सञ्जाल प्लेटफर्म ट्रुथ सोसियलमा एक घण्टाभित्रै ३७ वटा पोस्ट गरेपछि अनलाइन गतिविधि चर्चाको विषय बनेको छ।

    छोटो समयमै लगातार पोस्ट गरिएको सामग्रीमध्ये केही पोस्ट दोहोरिएको तथा एउटै विषयलाई दुई–तीन पटकसम्म राखिएको देखिएको छ।

    यसले सामाजिक सञ्जाल प्रयोगको शैलीबारे विभिन्न अड्कलबाजीहरू जन्माएको छ।

    यद्यपि, यति तीव्र गतिमा पोस्ट गर्नुको कारणबारे कुनै आधिकारिक जानकारी सार्वजनिक भएको छैन।

    यसैबीच इरानको इस्लामिक रिपब्लिक न्यूज एजेन्सी ९इर्ना० ले व्यंग्य गर्दै ट्रम्पको यस्तो गतिविधिबारे प्रश्न उठाएको छ।

    विश्लेषकहरूका अनुसार ट्रम्पको यस्तो गतिविधिलाई इरानविरुद्धको युद्धमा भोगेको असफलतालाई ढाकछोप गर्ने प्रयासकाा रुपमा लिइएको छ।

    ट्रम्प तनावमा रहेका बेला सामाजिक सञ्जाल प्रयोगको शैलीबारे पनि प्रश्न उठेको छ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images