काठमाडौं- इजरायली रक्षा बल (आईडीएफ) ले युद्धविराम लागू हुनुअघि पछिल्लो २४ घण्टामा १५० भन्दा बढी लेबनानी सशस्त्र समूह हिजबुल्लाहका सदस्यलाई निष्क्रिय गरेको दाबी गरेको छ ।
मेसिजिङ एप टेलिग्राममार्फत सार्वजनिक गरिएको वक्तव्यमा आईडीएफले लेबनानका विभिन्न क्षेत्रमा करिब ३०० सैन्य लक्ष्यमा आक्रमण गरेको जनाएको छ ।
ती लक्ष्यहरूमा कमाण्ड सेन्टरहरू र हतियार भण्डारण स्थलहरू समावेश रहेको बताइएको छ।
आईडीएफका अनुसार ती कारबाहीमा हिज्बोल्लाहका केही कमाण्डरहरू पनि मारिएका छन् ।
इजरायलले आफ्ना नागरिक र सैनिकहरूलाई कुनै पनि खतराबाट जोगाउन यस्ता कारबाही जारी राख्ने चेतावनी दिएको छ ।
हालसम्म हिजबुल्लाहबाट यस दाबीबारे कुनै आधिकारिक प्रतिक्रिया आएको छैन, र स्वतन्त्र स्रोतबाट यी तथ्यहरू पुष्टि हुन बाँकी रहेको छ।
प्रतिक्रिया दिनुहोस्


विश्व खबर 




















