images
images
  • शेखर समूह देउवा पक्षको कार्यसमिति बैठकमा नजाने

    काठमाडौं- नेपाली कांग्रेसको डा. शेखर कोइराला समूह शेरबहादुर देउवा पक्षले बोलाएको १४ औँ महाधिवेशनबाट निर्वाचित कार्यसमिति बैठकमा नजाने भएको छ ।

    आइतबार बिहान डा. कोइरालाको सचिवालय विशालनगरमा बसेको आफ्नो समूहको बैठकले देउवा समूहले बोलाएको बैठकमा नजाने निष्कर्ष निकालेको हो ।

    समूहका नेता निवर्तमान सहमहामन्त्री जीवन परियारले देउवा पक्षले बोलाएको बैठकमा नजाने बताए ।

    ‘हामी हिजो उहाँहरू (देउवा पक्ष) ले बोलाएको बैठकमा पनि गएनौँ,’ परियारले भने, ‘आज पनि जाँदैनौ । पार्टीभित्र हाम्रो छुट्टै समूह छ । बैठक बसेर आफ्नो तरिकाबाट अगाडि बढ्छौँ ।’

    प्रतिक्रिया दिनुहोस्
    images
    images