images
images
  • संविधान संशोधन सुझाव समितिलाई कांग्रेसले दियो पूर्णता

    काठमाडौं- संविधान संशोधनका विषयमा अध्ययन गरी सुझाव दिन गठित विज्ञ समितिलाई नेपाली कांग्रेसले पूर्णता दिएको छ ।

    गत चैत ११ गते बसेको कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले संविधान संशोधनको विषयमा अध्ययन गरी आवश्यक राय/सुझाव दिनका लागि पार्टी उपसभापति पुष्पा भुषालको संयोजकत्वमा विज्ञ सम्मिलित संविधान संशोधन अध्ययन तथा सुझाव समिति बनाउने निर्णय गरेको थियो ।

    सो समितिमा १५ सदस्य थपेर पूर्णता दिइएको कांग्रेस कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले जानकारी दिए ।

    समितिमा वरिष्ठ अधिवक्ताहरु राधेश्याम अधिकारी, हरिहर दाहाल, प्रेम बहादुर खड्का, उपेन्द्रकेशरी न्यौपाने, शेर बहादुर के.सी., यदुनाथ खनाल, गोपालकृष्ण घिमिरे, योगेन्द्रबहादुर अधिकारी, दिनेश त्रिपाठी, सिताराम के.सी., ललितकुमार बस्नेत छन् ।

    यसैगरी अधिवक्ताहरु रनबहादुर थेबे, शर्मिला श्रेष्ठ र झलमाया विक छन् ।

    सदस्य सचिवको जिम्मेवारी अधिवक्ता राजु कटुवालले निर्वाह गर्नेछन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images