images
images
  • दक्षिणी लेबनानमा दुई इजरायली सैनिकको मृत्यु, १२ घाइते

    काठमाडौं- दक्षिणी लेबनानमा पछिल्ला दुई दिनमा दुई इजरायली सैनिक मारिएका छन् ।

    इजरायली रक्षा बल (आईडीएफ) का अनुसार, योसँगै पछिल्लो द्वन्द्व सुरु भएयता मृत्यु हुने सैनिकको सङ्ख्या कम्तीमा १५ पुगेको छ ।

    आईडीएफले दिएको जानकारीअनुसार सर्जेन्ट फर्स्ट क्लास लिडोर पोरात शनिबार मारिएका हुन् ।

    त्यसको एक दिनअघि सर्जेन्ट मेजर बराक काल्फोनको मृत्यु भएको थियो ।

    यी दुई घटनामा अन्य १२ सैनिक घाइते भएका छन् । तर विस्तृत विवरण सार्वजनिक गरिएको छैन ।

    यो द्वन्द्व मार्चको सुरुवातमा हेजबुल्लाहले इरानको समर्थनमा आक्रमण गरेपछि चर्किएको हो । त्यसपछि इजरायलले लेबनानमाथि लगातार आक्रमण गर्दै आएको छ ।

    लेबनानको स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्ला ६ हप्तामा २ हजारभन्दा बढी मानिसको मृत्यु भएको छ भने करिब ७ हजार घाइते भएका छन् ।

    केही दिनअघि मात्र इजरायल र लेबनानबिच १० दिने युद्धविराम लागू गरिएको थियो तर जमिनमा अवस्था अझै अस्थिर रहेको देखिन्छ ।

    फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रोँले लेबनानमा एक फ्रान्सेली शान्ति सैनिकको मृत्यु भएको भनेकै दिन यो घटना सार्वजनिक भएको हो ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images