images
images
  • यौन धन्दामा पक्राउ परेका युगान्डाका २० महिलालाई डिपोर्ट गरिने

    काठमाडौं- काठमाडौं महानगरपालिका-२६ स्थित फायरचोकबाट पक्राउ परेका युगान्डाका महिलाहरूलाई नेपालबाट डिपोर्ट (निष्कासन) गरिने भएको छ ।

    युगान्डाबाट आएका २० जना महिलालाई प्रहरीले चैत ११ मा ठमेलबाट पक्राउ गरेर अनुसन्धान गरेको थियो ।

    महिलाहरूले ठमेलमा पुरुषहरूलाई अनावश्यक बाटो छेकेर अश्लील कामको लागि मोलमोलाई गर्ने गरेको अनुसन्धानबाट थाहा भएको छ ।

    यौन क्रियाकलापमा संलग्न महिलाहरूलाई प्रहरीले अभद्र व्यवहार सम्बन्धी कसुरमा अनुसन्धान गरेको थियो ।

    अभद्र व्यवहार मुद्दामा जिल्ला प्रशासन कार्यालयले ५ हजार ५ सय जरिवाना गर्ने निर्णय गरेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

    अभद्र व्यवहार मुद्दामा कारबाही गरेपछि प्रहरीले उनीहरूलाई अध्यागमन ऐन अन्तर्गत कारबाही गर्न अध्यागमन विभागमा पठाएको थियो ।

    अध्यागमन विभागले उनीहरूलाई देश निकाला गर्ने निर्णय गरेको हो ।

    डिपोर्ट गर्ने निर्णयपछि पक्राउ परेका सबै महिला आफ्नो देश फर्किएका छन् ।

    उनीहरूलाई अध्यागमनको निर्णय अनुसार नेपाल प्रवेशमा रोक लगाउने निर्णय गरिएको प्रहरीले जनाएको छ ।

    गिरोहले ल्याएर उनीहरूलाई ठमेलमा राखेर यौन धन्दामा लगाएको प्रहरीको अनुसन्धान निष्कर्ष छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images