काठमाडौं- दक्षिणी लेबनानमा संयुक्त राष्ट्रसंघको गस्ती टोलीमाथि भएको आक्रमणमा एक फ्रान्सेली शान्ति सैनिकको मृत्यु भएको छ ।
अन्य तीन जना घाइते भएका छन् । यो आक्रमण जानाजान गरिएको अधिकारीहरूले बताएका छन् ।
संयुक्त राष्ट्रसंघको शान्ति मिसन यूएनआईएफआईएलले घटनाको पुष्टि गर्दै साना हतियारबाट गोली प्रहार हुँदा एक सैनिकको ज्यान गएको हो ।
गोली प्रहारमा परी घाइते भएका तीन जनामध्य दुईको अवस्था गम्भीर रहेको जनाएको छ ।
फ्रान्सका राष्ट्रपति इम्यानुअल म्याक्रेँले यस आक्रमणका लागि हेजबुल्लाहलाई जिम्मेवार ठहराएका छन् ।
तर इरान समर्थित उक्त समूहले घटनासँग आफ्नो कुनै सम्बन्ध नभएको दाबी गरेको छ ।
यो घटना दक्षिणी लेबनानमा बढ्दो तनावबिच भएको हो, जहाँ हेजबुल्लाह र इजरायलबिच मार्च २ देखि पुनः द्वन्द्व चर्किएको छ ।
प्रतिक्रिया दिनुहोस्


विश्व खबर 




















