images
images
  • भारतमा ३३ प्रतिशत महिना आरक्षण विधेयक पास नभएपछि मोदीले मागे माफी

    भारत- भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले महिला आरक्षण विधेयक संसद्बाट पारित हुन नसकेपछि विपक्षी दलहरूमाथि कडा आलोचना गर्दै महिलासँग माफी मागेका छन्।

    राष्ट्रका नाममा सम्बोधन गर्दै उनले विपक्षी दलको कारण महिला सशक्तीकरणको प्रयास रोकिएको आरोप लगाए र कांग्रेसमाथि पनि आक्रोश व्यक्त गरे। यद्यपि विपक्षी दलहरूले सरकारकै राजनीतिक रणनीतिका कारण विधेयक असफल भएको दाबी गरेका छन्।

    मतदानमा विधेयकको पक्षमा २९८ र विपक्षमा २३० मत परे पनि संविधान संशोधनका लागि आवश्यक दुईतिहाइ बहुमत नपुगेपछि विधेयक असफल भयो। यसलाई मोदी सरकारको ठूलो राजनीतिक असफलताका रूपमा हेरिएको छ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images