images
images
  • जन्ती बोकेको जिप दुर्घटना : ४ जनाको मृत्यु, १४ घाइते

    सल्यान- सल्यानको बनगाड कुपिण्डे नगरपालिका–१२ स्थित पुथालाको भित्री सडकखण्डमा जन्ती बोकेको जिप दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ भने १४ जना घाइते भएका छन्।

    बनगाड कुपिण्डे–८ थाराबाट कालीमाटी लक्ष्मीपुरतर्फ विवाहको जन्ती लिएर जाँदै गरेको लुप्र०१००१ ज ०२७१ नम्बरको जिप अनियन्त्रित भई सडकबाट दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ।

    दुर्घटनामा ज्यान गुमाउनेमा कुपिण्डे–८ का ५० वर्षीय टोपबहादुर थापा, ५० वर्षीय ठगे घर्ती, १९ वर्षीय कर्णबहादुर पुन र ३० वर्षीय मनबहादुर थापा रहेका छन्।

    घाइते १४ जनालाई उपचारका लागि सुर्खेतको मेहलकुना अस्पतालमा पठाइएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images