images
images
  • बन्द ट्रटे अफ हर्मुजमा चीन र रूसबाहेक अन्य देशका जहाजमाथि इरानको निशाना, सयौं ट्यांकरमा मिसाइल आक्रमण

    तेहरान- इरानले होर्मुज जलसन्धि पुनः बन्द गरेको घोषणा गरेको छ र नजिकिने जहाजमाथि आक्रमण गर्ने चेतावनी दिएको छ। शनिबार उक्त क्षेत्रमा केही जहाजहरूमा आक्रमण भएको खबर आएपछि यो निर्णय सार्वजनिक गरिएको हो।

    इरानी सेनाको इस्लामिक रिभोलुसनरी गार्ड कोर्प्स (IRGC) ले अमेरिकाले लगाएको प्रतिबन्धका कारण यस्तो कदम चालिएको बताएको छ। एक दिनअघि मात्र इरानले यो जलमार्ग अस्थायी रूपमा खोलिएको जनाएको थियो।

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले यस मार्गमार्फत अमेरिकामाथि दबाब बनाउन नसक्ने प्रतिक्रिया दिएका छन्। करिब दुई महिनादेखि अवरुद्ध यस मार्गका कारण विश्व बजारमा तेल तथा ग्यासको मूल्य बढिरहेको छ।

    IRGC ले पर्सियन गल्फ र ओमान सागर क्षेत्रका जहाजलाई स्थिर रहन चेतावनी दिँदै नजिक आउनुलाई शत्रुसँगको सहकार्य मानिने बताएको छ। अमेरिका–इरानबीचको अस्थायी युद्धविराम २२ अप्रिलमा समाप्त हुने क्रममा छ।

    यसबीच अमेरिकी नाकाबन्दीका कारण २३ वटा जहाज फर्काइएको बताइएको छ, जसलाई इरानले युद्धविराम उल्लंघन भन्दै जलमार्ग पुनः बन्द गरेको हो।

    शनिबार केही जहाजमा गोली प्रहार तथा आक्रमण भएको रिपोर्ट पनि सार्वजनिक भएको छ। विश्वको करिब २० प्रतिशत तेल ढुवानी हुने यो महत्वपूर्ण मार्गमा तनाव बढेसँगै ऊर्जा बजारमा पुनः अस्थिरता देखिएको छ।

    यसका साथै चिनियाँ र रूसी जहाजलाई जान दिइएको छ भने अन्य देशका जहाज र ट्यांकरमा मिसाइल आक्रमण गतिएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images