images
images
  • बालेन सरकारले चलायो विरगञ्जमा डोजर, गरिबको उठिबास

    काठमाडौं- भौतिक पूर्वाधार तथा यातायातमन्त्री को निर्देशनपछि वीरगञ्जमा सडक विस्तार अभियानले गति लिएको छ। आइतबार बिहानैदेखि को मुख्य सडक क्षेत्रमा डोजर चलाएर संरचना हटाउने काम सुरु गरिएको हो।

    गण्डकदेखि मितेरी पुलसम्मको सडक फराकिलो बनाउने लक्ष्यसहित अभियान अघि बढाएको जनाएको छ। सडकको दायाँ–बायाँ २५–२५ मिटर क्षेत्रभित्र रहेका स्थायी तथा अस्थायी संरचना हटाउन सुरक्षाकर्मीसहित डोजर र जेसीबी परिचालन गरिएको छ।

    यसअघि प्रभावित स्थानीयले बस्ती जोखिममा पर्ने भन्दै मा रिट दायर गरेका थिए। तर अदालतले गत फागुन २८ गते रिट खारेज गरिदिएपछि कानुनी अवरोध हटेको थियो। त्यसयता रोकिएको सडक विस्तार कार्य अहिले मन्त्रीस्तरीय निर्देशनपछि पुनः सुरु भएको हो।

    यद्यपि, स्थानीय बासिन्दाले पूर्वसूचना बिना नै संरचना भत्काइएको भन्दै आपत्ति जनाएका छन्। सडक विस्तारले दीर्घकालीन रूपमा सहरी पूर्वाधार सुधार गर्ने अपेक्षा गरिए पनि तत्कालीन असरका कारण प्रभावित समुदायमा असन्तोष देखिएको छ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images