काठमाडौं- इरानले अमेरिकालाई कडा चेतावनी दिँदै होर्मुज स्ट्रेटमा लगाइएको नाकाबन्दी तत्काल नहटाए उक्त समुद्री मार्ग नै बन्द गराइने बताएको छ।
इरानी संसद्का सभामुख मोहम्मद बागेर गालिबाफले सरकारी टेलिभिजनमार्फत दिएको अभिव्यक्तिमा बन्दरगाहमा गरिएको नाकाबन्दीलाई “गलत” र “अविवेकी” निर्णयको संज्ञा दिएका छन्। उनले स्पष्ट चेतावनी दिँदै भने— यदि नाकाबन्दी हटाइएन भने होर्मुज मार्गमा जहाज आवतजावत पूर्ण रूपमा रोक्न बाध्य हुनेछन्।
गालिबाफले उक्त जलमार्ग इरानको नियन्त्रणमा रहेको दाबीसमेत गरेका छन्। उनका अनुसार अमेरिकाले त्यहाँबाट खानी (माइन) हटाउने प्रयास गरेपछि इरानले त्यसको कडा विरोध गरेको थियो। उनले यसलाई युद्धविराम उल्लंघनको रूपमा लिँदै, आवश्यकता परे आक्रमणसम्म गर्न सकिने चेतावनी दिएका छन्।
प्रतिक्रिया दिनुहोस्


विश्व खबर 




















