images
images
  • रास्वपा सचिवालय बैठक बस्दै, यस्ता छन् छलफलका ६ मुख्य एजेन्डा

    काठमाडौं— (रास्वपा) को सचिवालय बैठक आज बस्ने भएको छ। पार्टी सभापतिले दिउँसो साढे ३ बजे वनस्थलीस्थित केन्द्रीय कार्यालयमा बैठक बोलाएका हुन्।

    पार्टी प्रवक्ता का अनुसार बैठकमा सांगठनिक सुदृढीकरण र आगामी महाधिवेशनको तयारीलाई केन्द्रमा राख्दै ६ वटा प्रमुख एजेन्डामाथि छलफल गरिनेछ।

    बैठकमा विशेषगरी जिल्ला अधिवेशन कार्यविधि २०८३ सम्बन्धी विषयमा विस्तृत बहस हुने र महाधिवेशन कार्यविधि मस्यौदा समिति गठनबारे निर्णय लिइने तयारी रहेको छ। साथै, पार्टीको आर्थिक पारदर्शिता मजबुत बनाउन बैंक खाता सञ्चालनसम्बन्धी विषय पनि एजेन्डामा समेटिएको छ।

    त्यसैगरी, पार्टी संरचनालाई पूर्णता दिने क्रममा केन्द्रीय आयोग, सल्लाहकार परिषद्, संघीय नेतृत्व मञ्च तथा विभिन्न विभागमा गरिने मनोनयनका विषयमा पनि सचिवालयले टुंगो लगाउने बताइएको छ।

    रास्वपाले यसपटक ‘विज्ञहरूको आह्वान’ र ‘योजनाहरूको आह्वान’ जस्ता नयाँ अभ्यासलाई पनि प्राथमिकतामा राखेको छ। साथै, प्रतिनिधिसभा सदस्यहरूको संगठनात्मक जिम्मेवारी बाँडफाँट, आगामी केन्द्रीय समिति बैठकको तयारी तथा संसदीय दलका लागि आवश्यक प्राविधिक सहयोग र लेवी व्यवस्थापनका विषयमा समेत छलफल हुने जनाइएको छ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images