images
images
  • केपी ओली अस्पतालबाट डिस्चार्ज

    काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली २१ दिनपछि त्रिवि शिक्षण अस्पतालबाट डिस्चार्ज भएका छन् ।

    पत्थरीको शल्यक्रिया भएको ६ दिनपछि शनिबार साँझ उनी अस्पतालबाट डिस्चार्ज भएर भक्तपुरको गुण्डुस्थित निवास गएको उनको सचिवालयले जनाएको छ।

    गौरीबहादुर कार्की आयोगको प्रतिवेदनका आधारमा जेनजी आन्दोलनका घटनामा अनुसन्धान गर्न भन्दै प्रहरीले चैत १४ गते ओलीलाई पक्राउ गरेको थियो ।

    पक्राउपछि काठमाडौं प्रहरीले उनलाई सोही दिन स्वास्थ्य जाँचका लागि त्रिवि शिक्षण अस्पताल लगिएको थियो ।

    जहाँ स्वास्थ्यमा समस्या देखिएपछि उनी अस्पताल भर्ना भएका थिए ।

    प्रहरीले अस्पतालमै हिरासतमा राखेर उनीमाथि अनुसन्धान अघि बढाएको थियो ।

    त्यसअघि नै ओलीको पित्तथैलीमा पत्थरी देखिएको थियो ।

    जसको शल्यक्रिया चैत ३० गते भएको थियो ।

    त्यसयता ६ दिन अस्पतालमा उपचारपछि ओलीलाई अस्पतालले डिस्चार्ज गरेको हो ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images