images
images
  • होर्मुज जलमार्ग पूर्ण रूपमा खुला

    काठमाडौं- इरानका विदेशमन्त्री सैयद अब्बास अराघचीले लेबनानमा जारी युद्धविरामको समयमा होर्मुज जलसन्धि खुला रहने घोषणा गरेका छन् ।

    उनले सामाजिक सञ्जाल एक्समार्फत यसबारे जानकारी दिएका हुन् ।

    समाचारमा जनाइएअनुसार लेबनानमा युद्धविराम कायम रहेको समय अर्थात् अबको १० दिनसम्म सबै व्यापारिक जहाजहरूले सो जलसन्धिबाट सहजै आवतजावत गर्न पाउनेछन् ।

    इरानको बन्दरगाह तथा समुद्री संगठनले तोकेको मार्ग प्रयोग गरेर जहाजहरू हिँड्न सक्ने उनले स्पष्ट पारेका छन् ।

    लेबनानमा भएको युद्धविरामको भावनालाई कदर गर्दै इरानले यो निर्णय लिएको बताइएको छ ।

    यो जलसन्धि विश्वकै महत्त्वपूर्ण व्यापारिक मार्ग मानिन्छ ।

    यसअघि यस क्षेत्रमा देखिएको तनावका कारण समुद्री व्यापारमा ठप्प थियो ।

    इरानको यो पछिल्लो घोषणाले अन्तर्राष्ट्रिय व्यापारिक क्षेत्रलाई केही राहत मिल्ने देखिएको छ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images