images
images
  • प्रधानमन्त्री बालेन शाहलाई वारेस राख्न सर्वोच्च अदालतले दियो अनुमति

    काठमाडौं- सर्वोच्च अदालतले प्रधानमन्त्री बालेन शाहलाई अदालतको अवहेलना सम्बन्धी मुद्दामा वारेस राख्न अनुमति दिएको छ ।

    शुक्रबार न्यायाधीशहरू हरि फुयाल र शान्तिसिंह थापाको इजलासले शाहलाई अवेहलना मुद्दामा वारेस राख्न अनुमति दिएको हो ।

    अदालतको यो अनुमतिसँगै अब मुद्दाको तारेखका दिन प्रधानमन्त्री शाहको साटो उनका वारेस गएर पनि तारिख लिन पाउनेछन् ।

    यसअघि सर्वोच्च अदालतले शाहलाई यस्तो सुविधा दिएको थिएन ।

    तीन वर्षदेखि शाहविरुद्ध सर्वोच्च अदालतमा अवहेलनाको मुद्दा चलिरहेको छ ।

    अदालतको आदेश मान्दिन भन्ने अभिव्यक्तिबाट अदालतको अवहेलना भएको भन्दै अधिवक्ता वर्षाकुमारी झाले दिएको अदालतको अवहेलना मुद्दा पेसीमा तोकिएको थियो ।

    प्रधानमन्त्री बालेनले पुनः एक पटक वारेसको अनुमति माग गर्दै वैशाख ३ गते निवेदन दिएका थिए ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images