images
images
  • पूर्वमन्त्री खड्का जेलमुक्त भएसँगै अस्पतालबाट डिस्चार्ज

    काठमाडौं– सर्वोच्च अदालतको आदेशपछि नेपाली कांग्रेसका नेता तथा पूर्वऊर्जा मन्त्री दीपक खड्का त्रिवि शिक्षण अस्पतालबाट डिस्चार्ज भएका छन्।

    गत चैत १५ गते पक्राउ परेका खड्कालाई सर्वोच्च अदालतको संयुक्त इजलास कामु प्रधानन्यायाधीश सपना प्रधान मल्ल र न्यायाधीश श्रीकान्त पौडेलले बिहीबार थुनामुक्त गर्न आदेश दिएको थियो।

    त्यसपछि उनी हिरासतबाट मुक्त भई शुक्रबार अस्पतालबाट घर फर्किएका हुन्।

    खड्का चैत १६ गतेदेखि बिरामी भन्दै त्रिवि शिक्षण अस्पतालमा भर्ना भएका थिए।

    उनकी पत्नी बिनिता थापाले दायर गरेको बन्दीप्रत्यक्षीकरण रिटमाथि सुनुवाइपछि अदालतले उनको पक्षमा निर्णय दिएको हो।

    उनीमाथि सम्पत्ति शुद्धीकरण विभागले जेनजी आन्दोलनका क्रममा घरमा जलेको अवस्थामा भेटिएको रकमबारे अनुसन्धान गरिरहेको छ।

    साथै, सर्वोच्चले सम्बन्धित निकायलाई आवश्यक कागजात र लिखित जवाफ पेश गर्न आदेश दिएको थियो।

    प्रतिक्रिया दिनुहोस्
    images
    images