काठमाडौं– गृहमन्त्री सुधन गुरुङले उच्च पदस्थ व्यक्तिहरू अदालतबाट छुटेको विषयमा असन्तुष्टि जनाएका छन्।
सुशासनलाई प्राथमिकता दिएको बताउँदै उनले कार्की आयोगको प्रतिवेदन कार्यान्वयनमा ल्याइएको उल्लेख गरे।
उनले आफूलाई पहिले कार्यपालिका शक्तिशाली लागे पनि अहिले न्यायाधीश अझ प्रभावशाली देखिन थालेको टिप्पणी गरे।
अदालतबाट आरोपित नछुट्ने गरी कसरी कानुनी प्रक्रिया अघि बढाउने भन्ने विषयमा अध्ययन सुरु गरेको भन्दै रातिसम्म कानुन पढ्न थालेको बताए।
प्रहरीलाई पनि बलियो प्रमाणसहित मुद्दा तयार गर्न निर्देशन दिइएको र यसका लागि छुट्टै अध्ययन टोली गठन गरिएको उनले जानकारी दिए।
कार्की आयोगको सिफारिसअनुसार प्रहरीले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखक लाई पक्राउ गरे पनि अदालतको आदेशपछि उनीहरू रिहा भएका थिए।
साथै, सम्पत्ति शुद्धीकरण मुद्दामा पक्राउ परेका पूर्वमन्त्री दिपक खड्का पनि अदालतबाट छुटेका थिए।






















