काठमाडौं– प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) को पुरानो र्याप भिडियोविरुद्ध नेपाल प्रहरीको साइबर ब्यूरो मा उजुरी दर्ता भएको छ ।
लैङ्गिक तथा यौनिक अल्पसंख्यक समुदायले उक्त भिडियोमा प्रयोग भएका केही शब्द र सन्देशले महिला तथा यौनिक अल्पसंख्यक समुदायलाई अपमानित गर्ने, घृणा फैलाउने र हिंसा तथा बलात्कारलाई प्रोत्साहन गर्ने प्रकृतिको रहेको आरोप लगाएका छन् ।
पवन राई (बाबु दुमी), विवेक मगर, मनिन्द्र सिंह दनुवार र रोजी पुनले संयुक्त रूपमा उजुरी दिएका हुन् । उनीहरूले सार्वजनिक पदमा रहेका व्यक्तिले विगतका सामग्रीप्रति पनि जवाफदेही हुनुपर्ने बताएका छन् ।
साइबर ब्यूरोले भिडियो हटाउने विषयमा पहल गर्ने मौखिक आश्वासन दिएको जानकारी दिइएको छ ।




प्रतिक्रिया दिनुहोस्






















