काठमाडौं– स्वास्थ्य मन्त्रालयले सरकारी स्वास्थ्य संस्थामा पनि शनिबार र आइतबार दुईदिने सार्वजनिक बिदा लागू गर्ने निर्णय कार्यान्वयनमा ल्याएको छ ।
मन्त्रालयका अनुसार बिदाका दिन पनि आकस्मिक सेवा र ओपीडी २४ सै घण्टा सञ्चालनमा रहनेछ, जसले बिरामीको उपचारमा कुनै बाधा नपर्ने व्यवस्था मिलाइनेछ ।
त्यस्तै, आइतबारका लागि तय गरिएका शल्यक्रियाहरू बिरामीको अवस्थाअनुसार पुनः तालिकीकरण गरिनेछ ।
मन्त्रालयले अस्पतालहरूलाई सेवा व्यवस्थापन प्रभावकारी बनाउन निर्देशन दिएको छ ।
एम्बुलेन्स सेवा जुनसुकै समय तयारी अवस्थामा राख्नुपर्ने र बिदाका दिन उपलब्ध सेवाबारे जानकारी वेबसाइट तथा सूचना पाटीमार्फत सार्वजनिक गर्नुपर्ने व्यवस्था गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्


विश्व खबर 



















