काठमाडौं– त्रिभुवन विश्वविद्यालयले आफ्नो स्वामित्वमा रहेका अतिक्रमित जग्गा तथा अचल सम्पत्ति ३५ दिनभित्र खाली गर्न अल्टिमेटम जारी गरेको छ ।
विश्वविद्यालयको कार्यकारी परिषद्को निर्णयअनुसार शुक्रबार सार्वजनिक सूचना जारी गर्दै त्रिविले अतिक्रमित सम्पत्ति फिर्ता गर्न सम्बन्धित व्यक्ति, संस्था र कम्पनीलाई निर्देशन दिएको हो ।
‘त्रिभुवन विश्वविद्यालयको जग्गा तथा अचल सम्पत्ति खोजबिन समिति–२०८१’ ले तयार पारेको प्रतिवेदनमा विश्वविद्यालयका विभिन्न स्थानमा रहेका जग्गा तथा सम्पत्तिहरू प्रचलित कानुन र विश्वविद्यालयका नियमविपरीत कब्जा भएको तथ्य उजागर गरिएको छ । सोही प्रतिवेदनका आधारमा विश्वविद्यालयले यो कदम चालेको जनाएको छ ।
सूचनामा नेपाल सरकार र विभिन्न दातृ निकायबाट शैक्षिक उन्नयनका लागि प्राप्त जग्गा तथा अचल सम्पत्ति ९प्रतिवेदनमा उल्लेख भएका वा नभएका समेत० सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र खाली गरी विश्वविद्यालयलाई आधिकारिक रूपमा फिर्ता गर्न भनिएको छ ।
निर्धारित समयसीमाभित्र अतिक्रमित जग्गा फिर्ता नगरे प्रचलित कानुनअनुसार आवश्यक कारबाही अघि बढाइने त्रिविले स्पष्ट पारेको छ ।






















