काठमाडौं– युद्धविराम लागू हुनुअघि सीमावर्ती क्षेत्रमा हिजबुल्लाह र इजरायली सेनाबीच आक्रमणहरू भएका थिए। पछिल्ला केही घण्टासम्म दुवै पक्षबीच तनावपूर्ण झडप जारी थियो।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मध्यस्थता गर्दै युद्धविरामको घोषणा गरेका हुन्। उनले हिजबुल्लाहले सम्झौताको पूर्ण पालना गर्ने अपेक्षा व्यक्त गरेका छन्।
सम्झौतामा हिजबुल्लाहलाई पनि समेटिएको जनाइएको छ। यसको अर्थ युद्धविराम अवधिभर इजरायलले हिजबुल्लाहमाथि आक्रमण नगर्ने व्यवस्था गरिएको छ।
इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहू र लेबनानका राष्ट्रपति जोसेफ औनले युद्धविरामको स्वागत गरेका छन्। सम्झौताअनुसार इजरायली सेना दक्षिण लेबनानको सीमावर्ती क्षेत्रमा सुरक्षात्मक रूपमा १० किलोमिटर पर रहने बताइएको छ।
प्रतिक्रिया दिनुहोस्


विश्व खबर 




















