images
images
  • इरानसँग वार्ता सफल भए ट्रम्प पाकिस्तान आउने संकेत

    काठमाडौं– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको सम्भावित शान्ति वार्ता सफल भएमा सम्झौतामा हस्ताक्षर गर्न पाकिस्तान आउने संकेत दिएका छन् ।

    अल जजिराका अनुसार इरानले आफ्नो परमाणु कार्यक्रमसम्बन्धी नयाँ प्रस्ताव अघि सारेपछि रोकिएको वार्ता पुनः सुरु हुने सम्भावना देखिएको छ ।

    यसले कूटनीतिक प्रक्रिया अघि बढ्न सक्ने संकेत दिएको छ ।

    ट्रम्पले वार्ता सफल भएमा अन्तिम सम्झौतामा हस्ताक्षर गर्न पाकिस्तान जाने सम्भावना व्यक्त गरे पनि अहिलेको अवस्था त्यस दिशामा धेरै टाढा रहेको विश्लेषण गरिएको छ ।

    यसअघि पाकिस्तानमा भएको अमेरिका–इरान वार्ता असफल भएपछि अर्को चरणको छलफलको तयारी भइरहेको जनाइएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images