images
images
  • कांग्रेस बैठक बस्दै, को बन्ला संसदीय दलको नेता ?

    काठमाडौं– नेपाली कांग्रेसले आज संसदीय दलको नेता चयन गर्न बैठक बोलाएको छ ।

    दिउँसो ३ बजे सिंहदरबार मा बस्ने छलफलमा सर्वसम्मत प्रयास असफल भए निर्वाचनमार्फत निर्णय लिइनेछ ।

    दलको नेताका मुख्य दाबेदार अर्जुननरसिंह केसी र भीष्मराज आङ्देम्बे हुन् ।

    साथै मोहन आचार्य र निश्कल राई लगायतका नाम पनि चर्चामा छन् ।

    ३८ सांसद रहेको कांग्रेसमा सहमति जुटाउने प्रयास भइरहे पनि आन्तरिक दबाब बढ्दो छ ।

    केसीलाई विश्राम दिनुपर्ने आवाज उठ्दा आङ्देम्बेले पनि छलफलपछि मात्र निष्कर्ष आउने बताएका छन् ।

    पार्टीभित्र युवा र प्रत्यक्ष निर्वाचित अनुहारलाई अवसर दिनुपर्ने मागसमेत उठेको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images